म भागीरहे अघोशित सीमाना सम्म
मलाई पछ्याइ रह्यो
हुङ्कार भिडहरु ले
बलिन्धारा आँशु संगै रुदै थिइन्
मेरी आमा
अनी
दिदी बहिनी
यि रित्तिएका कुना कन्दरा
अनी
बस्ती का झुपडिहरुमा
आज पनि सम्झदै छु
यि
प्रतिविम्ब
आँखाको आयतनमा उतार्दै
अनी
क्रन्दनका कोलाहलमा जिउदै
ती दिनहरु
जहाँ अन्धमुश्टि भित्र
कराइरहेथ्यो मेरा बस्तिका झुपडिहरु
अनी म
हेरीरहेथ्ये
मेरा पएरहरु विना हिचकिच
मलाई रोकीरहेथ्यो
ती मानवरुपी राक्षसहरु
मेरा बस्तिका झुपडीहरु सँग
अनी
पैतला देखि टुप्पी सम्म सएर गर्दथ्ये
छोएको-स्पर्श गरेको,चुमेको,टोकेको
अनी
यस्तै,यस्तै गरी बिना हिच्किचाहट
मेरा बस्तिका झुपडीहरु लाई नङ्गाउदै थियो
मेरा नजर उदेख हुँदै थियो
पलपल मरेका मेरा जीजिविषहरु
अपहरणमा परेका मेरा झुपडिहरु
सायद यही थियो-नजलाइयका लासहरु !!!
2 Comments
ramro laagyo kabitaa
ReplyDeletethank you!!
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼