मारकाट चलायो पैसा ले नै
सत्यबाटो छ्लायो पैसा ले नै
परिवार टूक्रि,लागे स्वार्थमा
मन्मा पाप पलायो पैसा ले नै
बिष छर्दै सज्जन बने मान्छे
अमृत नै फलायो पैसा ले नै
हारालुस गर्दै देश रित्तो भो
राष्ट्र भाब जलायो पैसा ले नै
सत्कर्मी भन्ने नै लागे कुबाटो
इमान्दार गलायो पैसा ले नै
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼