Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल

नजरभरी सामिप्य भोको नयन ले नहेर भो
कर्तब्य परायणताको आभाषले नबेर भो 

बितायछु कैयन रात तिमी आउने मुग्धतामा
कमसल बदनमा छुइ समस्त बाचा नफेर भो

प्रभुत्य म मा चलाइ पराइको हात समाउँदा 
उम्दा तिमी हौ भने दोभानमा  नघेर भो

कण्टक भन्दा प्रचर बोली सुन्ने कुनै रहर छैन
सगर झै सार ले बिन्ती मलाई नकेर भो

जगेडो म मा के नै छ र,रित्ताइ तिम्ले सकेपछी
अतित सम्झाइ घरी घरी मलाई अब नसेर भो !!!!

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement