नयाँ मित्रहरूसँग भेटघाट गर्नु/ चिना परिचय राख्नु आफैमा सकारात्मक पक्ष हो। तर तपाईंले कहीले सोच्नु भएको छ, यदि तपाईंले कुनै नयाँ मित्रसँग परिचय गर्न खोज्दा उसले तपाईंको कुरा बुझेन अथवा तपाईंको भाषा बुझेन भने तपाइले त्यस अबस्थामा के गर्नु हुन्छ? सामान्यतया हामि नेपाल मा रहदां यस्तो समस्या नआउन पनि सक्छ ,आउन पनि सक्छ ,तर तपाइ यदि दोस्रो मुलुकमा हुनुहुन्छ भने यस्तो समस्यासँग भेटघाट भएको हुनपर्छ। हो आज मैले त्यही दोस्रो मुलुकको प्रशंसलाई कोटयाउने प्रयास गर्दै छू,जहाँ मैले भोगेको पनि छू घटना आजभन्दा केही महिना अघिको हो, ४ बर्षको पर्देश बसाइपछि दशै तिहार मान्नको लागि नेपाल घरमा गएर यहाँ फर्केको केही पछीको कुरा हो, अर्थात ठ्याकै ३६ दिन(sunday 29 january 2012) अघिको कुरा आजको दिनलाई छाडेर्।
मैले एउटा नयाँ मित्रसँग भेट गर्नु थियो। जो सँग मेरो फोनमा बारम्बार कुराकानी हुने भएता पनि प्रत्यक्ष भेटघाट भने भएको थिएन। उ नेपाली थियो। हाम्रो कुराकानी नयाँ ब्यवसायको बारेमा हुने गर्दथ्यो,त्यसैको क्रममा उस्ले दिएको ठेगानाको आधारमा मैले उ सँग भेटघाट गर्न जाने निस्चित गरेको थिय र गएँपनी..हाम्रो भेट त्यहाको चाइनिजको रेस्टुरेन्ट मा भएको थियो र हाम्रो आन्तरिक कुराकानीको अन्त्यमा उस्ले मलाई आफूले २ बर्षदेखी काम गर्दै आएको कम्पनिमा घुमघामा गर्नको नीम्ति अनुरोध गर्यो र मैले सहजै स्विकारे पनि..उ त्यो कम्पनीको बिस्वासिलो र नेपालबाट यहाँ(मलेसिया)आएको ३ महिना पछिनै कम्पनीको लिडर भएर काम गरेको कारणले मलाई त्यो कम्पनी मा घुमघामको लागि सहज थियो।
उसले काम गर्ने कम्पनिमा मलेसियाकै लोकल महिला/पुरुष,भियतनाम,इण्डोनेसिया,बङ्लदेश,म्यानमार ,पाकिस्तान लगायत नेपालीहरू पनि मैले देखें। मैले केही नेपाली साथिहरूलाई हात मिलाएर सन्न्चो बिसन्चो पनि सोध्न भ्याएँ। यसै क्रममा म केही तल पुगेपछी नेपाली जस्तै लाग्ने एउटा ठिटो सँग नि परिचय गर्न खोज्दा उ साह्रै डराएको/आतिएको जस्तो लाग्यो। मैले मेरो नाम घर र यहाँ घुम्न साथिको आग्रहमा आएको कुरा नेपाली मा अबगत गराएं तर उसको अनुवार बाट त्यो डरको सङकेतलाई हटेको पाइन र मैले सोचें यो ठिटो नेपाली हैन की क्या हो!र हत्तपत्त मैले त्यहाको लोकल भाषामा तिमी कुन देश को? भनेर प्रश्न गरें र पनि मैले उस्को अनुवार बाट त्यो डरको सङकेतलाई हटेको पाइनं। अब मलाई लाग्यो त्यो ठिटो पक्कै पनि नयाँ हुन पर्छ,भनेर अडकल काटेर मैले त्यहि प्रश्नलाई ईंग्लिश मा दोहर्याएँ,अब त उस्ले मेरो अनुवार पट्टि हेर्न पनि छाडयो र सरासर आफूले काम गर्दै गरेको मेसिनतिर लाग्यो। यत्तिकैमा मलाई पछाडिबाट कसैले समातेको जस्तो भान भयो,र पछाडि फर्केर हेर्दा मेरै नेपाली साथि पो रहेछ। म अलमलमा टोलाएर बसेको देखेर उस्ले सोध्यो, के भयो र?मैले त्यो ठिटोको बारेमा अबगत गराएं। र पो मलाई थाहा भो, त्यो त पाकिस्तानको केटो पो रहेछ। र मैले कुनै भाषा प्रयोग गर्दा नबुझनुको बारेमा प्रश्नगर्दा साथिले, त्यो त के हो र?अब केही समय पछी हेर्दै जाउ यहाँ कस्तो रमाइलो जात्रा पो लाग्छ भनेर झन् आच्यार्यमा पार्यो। र मैले साथिकै भनाइ अनुसार केही समय कुर्ने निधो गरें।केही समयको प्रतिक्षा पछी त्यहाको रेस्ट समय भयो अर्थात खाजा नास्ता गर्ने समय भयो। । मैले त्यहां त्यस समयमा अनौठोको घटना देखें। जहाँ पाकिस्तानका ब्यक्तिहरूले म्यानमारका ब्यक्तिसँग कुरा गर्दाको अवस्था जस्तै एक देशको ब्यक्तिले अर्को देशको ब्यक्तिसँग कुनै सम्बाद गर्दाको अवस्था एउटा नितान्त अनौठो जहाँ बोली हैन हातको ईशाराले(body language) कुरा हुन्थ्यो, तर त्यहाका कोही पनि ब्यक्ति बोलिनै नफुटने लाटो चाँही हैन,समस्या त केबल भाषाको,शिक्षाको रहेछ।
त्यहाँको लिडरले उनिहरुलाई काम अराउने भाषा पनि उस्तै रहेछ ,इसाराको भरमा त्यो गर भन्नु पर्यो भने हात घुमाएर त्यो सामन पट्टि देखाउने !!हा हा.... मलाई त एकछिन हासों पनि उठ्एर आयो र निरासा पनि। हुन पनि यस्तो किन नहोस् जो ब्यक्तिमा शिक्षाको कमी छ,शिप छैन,टाठो बाठो कम छ ,त्यस्ता ब्यक्तिहरु यहाँ मलेशिया मा मात्र हैन अन्य देसमा पनि नभएका हैनन् र अर्को पक्ष जहाँ आफ्नो देसका साथिहरू धेरै हुन्छन् त्यहा त्यो कम्पनी मा लोकल भाषा अथवा अन्य भाषा सिक्न पनि सकिदैंन अर्थात गाह्रो हुन्छ, समय लाग्छ। किनकी आफ्नो देशको साथीहरू धेरै भएको ठाउँमा आफ्नै भाषाको प्रयोग एक आपसमा हुनेहुदाँ त्यहाँको लोकल भाषाको ज्ञान प्रति खासै चासो रहन्न। फलस्वरुप त्यहाको ब्यक्तिहरूसँग कुरा गर्नुपर्दा अथवा अन्य दोस्रो मुलुकका ब्यक्तिसँग कुरा गर्नु पर्दा उही ईशाराको भर मा काम चलाउनु बाहेक हामिसँग कुनै उपाय हुदैन। हुन पनि हामिसँग नेपालमा एउटा गीत नै छ बुज्नेलाई ईशारा काफी छ ..........जय होस् ईशारा को ...
2 Comments
malai pani yakpalta yastai bhayako thiyo pardesh maa dharai bideshiharu nune hunaalea jhukine hunchha tapaaiko post ramaailo laagyo malai
ReplyDelete:)धन्यबाद् महेन्द्र जी यहाँको अमुल्य प्रतिक्रियाको लागि त्यसैगरी फेसबूक लाइक बटन मा क्लिक गर्नुहुने सबै मित्रहरुलाइ पनी ...
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼