निर्दोश उन्को आँखामा खुशी अब भर्छु म त
धेरै भयो टाडियको समाजकै कारणले
साहस लिदै उन्को समिप अब सर्छु म त
जातले नै निभाएको प्रेमको त्यो दिपलाई
सधै भरी सजाउने प्रण अब गर्छु म त
जातपात केही हैन भन्ने कुरा बुझाउन
समाजमा ज्ञानको किरण अब छर्छु म त
जे जे पर्ला उनीसंगै खोली अब तर्छु म त
निर्दोश उन्को आँखामा खुशी अब भर्छु म त !!
3 Comments
"जातपात केही हैन भन्ने कुरा बुझाउन
ReplyDeleteसमाजमा ज्ञानको किरण अब छर्छु म त "
राम्रो संदेश ! मुलक रहेको छ !
:| धन्यबाद बेद नाथ जी मन पराइदिनु भएकोमा !!!
ReplyDeleteजातले नै निभाएको प्रेमको त्यो दिपलाई
ReplyDeleteसधै भरी सजाउने प्रण अब गर्छु म त
=))
ramro bichaara !!!!
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼