Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल-कत्ती न'स्वाको

संसद मै कुटपिट गर्दा कत्ति न'स्वाको !  
राष्ट्रप्रेमी भन्दै भ्रम छर्दा कत्ति न'स्वाको !!


लुटको राज्य बचाउन बहाना गर्नेले , 
अर्काको दु:ख मा आँसु झर्दा कत्ति न'स्वाको  


गर्छन् कुरा समानताको ठुलो स्वरमा,  
दलित देखेर टाढा सर्दा कत्ति न'स्वाको !!  


सबै बिके बस्तु सरी मानबता कहाँ छ ?  
पैसाकै नीम्ति इमान मर्दा कत्ति न'स्वाको !!


संसद मै कुटपिट गर्दा कत्ति न'स्वाको !  
राष्ट्रप्रेमी भन्दै भ्रम छर्दा कत्ति न'स्वाको !! 

Post a Comment

3 Comments

  1. :) सबै बिके बस्तु सरी मानबता कहाँ छ ?
    पैसाकै नीम्ति इमान मर्दा कत्ति न'स्वाको !!
    वा सुन्दर गजल सफलताको कामना उदय जी यहाँलाई 8-}

    ReplyDelete
  2. :)धन्यबाद हिमाल जी यहाँको अमुल्य प्रतिक्रियाको लागि !!!

    ReplyDelete
  3. उदय जी अहिले कसले पो सुहाउने काम गर्या छ र ? अरु भन्दा पनि देशको भएको प्रस्तिष्ठा पनि बाकी राखेनन !

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement