पिडाले छाती चर्केर, अनी बन्छ गजल यहाँ
अतित सबै फर्केर, अनी बन्छ गजल यहाँ
बाचा कसम सबै झुटो, जीवन चल्ने बहाना
आफन्त नै तर्केर, अनी बन्छ गजल यहाँ
पापीको नै संसार रैछ पाप कै भो जित आज
सत्य सबै मर्केर , अनी बन्छ गजल यहाँ
नगर्या गल्ती स्विकार्न पर्ने कस्तो यो वाध्यता
भयले जगत थर्केर , अनी बन्छ गजल यहाँ
पिडाले छाती चर्केर, अनी बन्छ गजल यहाँ
अतित सबै फर्केर, अनी बन्छ गजल यहाँ !!!
2 Comments
नगर्या गल्ती स्विकार्न पर्ने कस्तो यो वाध्यता
ReplyDeleteभयले जगत थर्केर , अनी बन्छ गजल यहाँ
great gajal..
thank you !:)
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼