Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल

फोटो (निजगढ डट कम)
बकैया र भमरा को बिचमा सँगम चोक
त्यहि मेरो बाल्यकाल बित्यो दिइ सब थोक

कति राम्रो निजगढ गाउँ प्रफुल्ल म छु
जब जान्छु कृष्ण मन्दिर मेट्छ मेरो भोक

विवशताको खाडल संगै छाडनु पर्‍यो गाउँ
पासपोर्ट सँग जिबन साट्दा अनि उठछ झोक

बागदेव र सरस्वती देख्छु सपनीमा
स्वर्ग भन्दा कम छैन निजगढ मेरो लोक

सामन्तीको भुमरीमा पर्दै छ रे गाउँ
छाड्ने छैन यिनलाई मान्ने छैन शोक

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement