Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल

Photobucketढल्दै छ आज फेरी सदा झै यामहरु
फत्ते गर्न बाँकी छ तमाम कामहरु

अनायासै बौलायर कराउछु सपनीमा 
रक्तिम क्रान्तिका देख्दै छु लामहरु 

निदायको होइन म कर ले सुतेको छु 
निन्द्राको अभिनय मा छाम्दै छु  डामहरु

अस्थित्वका अस्त्रहरु सुसज्जित गर्न लाई 
बुद्धको बस्तिमा खोज्दै छु घामहरु
 
बिद्रोह,अशान्ति को नियतिहरु हटाउनलाई 
चुकाउदै छु इमानको लाखौं लाख दामहरु

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement