Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

बाध्यता

खल-खल पसिनाले खुत्रुक भिजेका हुलहरु घण्टिको इसारामा गेटबाट बाहिर निस्कन्छ । थर-थर कामेका हातहरु सदाझै आजपनी बिकास ले आफ्नो टाउको मा राखेर खत्रक्क क्यान्टिन भन्दा केहीपर गयर बस्छ । उसका केही साथीहरु पेट भर्ने काममा लाग्छन भने केही साथीहरु त्यही समुन्द्रपारिका सुन्दरीहरुसँगको समिप्यमा ब्यस्त हुन्छन ।
हरा-भरा हरीयाली जङगलमा यउटा मात्र रुख सुकेर जब सम्पूर्ण प्रक्रितीलाई गिज्याउछ त्यसैगरी यस् मानिसका हुलमा बिकासपनी त्यसैको रुपमा प्रस्तुत छ बिगत २ बर्ष देखी



रहर त कसलाई नै हुन्छ होला २ वटा छोरा श्रीमती बुढि आमा अनी सम्पूर्ण इस्ठमित्रको,साथिभाइको न्यानो मायालाई त्यागेर प्रवासी हुन। आफ्नो परिवारलाई सुख दिनको लगी ति सम्पूर्ण सम्बन्धलाई तोडेर हिंडेको त्यो दिन आज झै लाग्छ बिकाश लाई


रहर त कसलाई नै हुन्छ होला २ वटा छोरा श्रीमती बुढि आमा अनी सम्पूर्ण इस्ठमित्रको,साथिभाइको न्यानो मायालाई त्यागेर प्रवासी हुन। आफ्नो परिवारलाई सुख दिनको लगी ति सम्पूर्ण सम्बन्धलाई तोडेर हिंडेको त्यो दिन आज झै लाग्छ बिकाश लाई । जब बिकासको बिवाह भयो
र २ छोरा भए त्यसपछी उसको थाप्लोमा झनै दायित्य मात्र नभयर सम्पूर्ण कामको जिम्मेवारी उसको काधमा आइपर्छ । आफ्नै देशमा काम को तलासले थकित भयको बिकासले अन्त;त बिदेसीन बाध्य हुन्छ।
बिकास सम्झन्छ त्यी दिनहरु जब उ घरबाट बिदाहुँदा  श्रीमती ले आँखा भरी आँसु बनाइ बिदा गर्दा अनी छोराहरु ले रुन्चे स्वरमा बिदाको हात हल्लाइ छीटै आउनुस् भनी बाताबरणलाई गुन्ज्यमान बनायको ।
  ति याबत कुरा भन्दा बिगत केही दिन देखी बिकास झन ठुलो सोचमा परेको छ। त्यो दिन जुन दिन उसलाई कम्पनी को अफिसको एउटा कर्मचारीले उसको हातमा चीठी थमाइ दियको थीयो । जब बिकासले त्यो चीठीलाई खोलेर हेर्यो तब उसलाई थाहा भयो की उसको आमा साह्रै बिरामीमा पर्नु भयको रहेछ जस्को लगी उसलाई ठुलो रकमको आबस्यकता पर्‍यो। कम्पनीमा दैनिकी १२ घण्टा काम बाट मासिक १५-२० हजार रुपैया सम्म बचायर जम्मा गरेको पैसा उसँग मोटा मोटी ८० हजार रहेछ र साथीहरुसंग जम्मा गरेर उसले १५० हजार आमा को उपचारको लागि पठायो। उसले प्रवासी भयपछी पनि आफ्नो आर्थिक स्थीतीलाई कहील्यै सुधार्न सकेन यासम्मकी आफ्नो आमा श्रीमतीलाई सम्म एकजोर नयाँ कपडाले रङगाउन समेत !!
किनकी बिकास बिदेसीदा लीयको साहुको चर्को ब्याज ले उस्लाई कैल्यै छोडेको थीयन।  
बिकासको घर फर्कने दिन पनी आउन लागेको थीयो र उसले अब सुख दु:ख जे -जस्तो भयपनि  आफ्नै परिवारसँग बिताउने निधो पनि  गरेको थीयो।   आफ्नो श्रीमती अनी बिरामी परेर हस्पिटल मा नै रहेकी आमा लाई पनि उसले अब बिदेशमा होइन परिवार सँगै बस्ने कुराको जानकारी पनि गरायो। लामो समयको अन्तरालपछी आफ्नो घर परिवारलाई भेट्ने काल्पनिक इच्छाले बिकासलाई केहीहद्सम्म मुहारमा परिवर्तन ल्यायको थीयो भने उता घरमा परिवारपनि  मिलनको मीठो कल्पनामा डुबुल्की बसेका थीय।                                  
एक दिन दुई दिन गर्दागर्दै बिकास लगायत उसका ५ जना साथीहरुपनि घर फर्कनी दिन नजिकिदै थीयो। यकदिन अकस्मात बिकासको घरबाट उसको आमा ले संसारबाट सदा सदाको लागि बिदा लीयको खबर आयो। यो खबरले बिकासलाई ठुलो चोट पुर्यायो । उसले परिवारसँग बसेर सुख दु:ख बाडने सपनाहरु एक एक बिचल्ली हुन पुग्यो ।
यसकै चोटमा बिकास रातभरी सुत्न सकेन  र भोली पल्ट यि घटनाहरु कम्पनिमा सुनायर भोली नै घर फर्कने निधोका साथ साथीहरुसँग कम्पनी जान निस्कियो  । उसका साथीहरुले बिकासलाई होस्टल अघाडीको बाटो काटेर प्रतिछ्यालय मा बस लाई कुर्दै बसेका थिय । बिकास पनि भारी पिडा अनी अनिन्द्रो रातो रातो आँखालाई निचर्दै  बाटो काटने क्रममा  बिपरित दिशा बाट आयको कार  ले बिकास लाई ठक्कर  दिदा उसको घटना स्थल मा नै मृत्यु भयो।                
(आज यसरी नै प्रवासमा धेरै मित्रहरु बिकास हुनपुगेका छन =यो घटना कसैको साथीको जिबन मा वा जिबनमा मिल्नगयमा सन्योग मात्र हुनेछ )

Post a Comment

3 Comments

  1. jiban kaa hareaka mode sanga sangarsha gardai aagi badnai parchha aakhir k garnu ta ..jastai bahaypani baacnchnai parchh keep it up thank u..

    ReplyDelete
  2. मनै छोयो मेरो पनि जिबन मा मेल खायो ।अति उत्तम लेख छ ।

    ReplyDelete

۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्‍नुहोला धन्यबाद .....>>>▼

Ad Code

Responsive Advertisement