
रीस,राग मनमा छाडि, माया दया भरौन
गर्नु पर्छ पूरा हाम्ले, पितृका सपना
बिर्से जस्तै लाग्छ भने, इतिहास हेरौन
को नै छ र अमर यहाँ मर्नु त छदैछ
मनमा नयाँ बिचार लिइ केही त गरौन
सपुतका नाम मुटुमा छ, सकिन्न मेटेर
पहिचान नै ठुलो हुन्छ,नाम राखी मरौन
नगरौ है कहिलै हेला अनाथ,असहायलाई
हातेमालो संगै गर्दै, देशको मुहार फेरौन !!!
उदय मुस्कान //मलेशिया
0 Comments
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼