जित्नु मात्र हैन जीवन हार्न पनि पर्दो रै'छ
प्रियसीको याद आउँदा आसुँ त्यसै झर्दो रै'छ
आफ्नै सम्झी जीवन सुम्पदा पराई झै भएँ म
चोखो मायामा घात हुँदा मन्मा पिडा भर्दो रै'छ
थेन धन तिम्लाइ दिने साथ दिन्छु भनेकै हो
अहिले बुझें, हासो खुशी पैसाले नै छ'र्दो रै'छ
बिर्सु भन्छु त्यो पल लाई छाती झनै चर्की दिन्छ
चोट माथी चोट लाग्दा बाच्ने आस नै म'र्दो रैछ
खाको बाचा सबै भूली उनी पराई भए पछी
सधै नै यो 'मुस्कान', सराब पिउने ग'र्दो रै'छ !!
3 Comments
yo share jhanai ramro laagyo uday ji nice gajal !!!
ReplyDeleteथेन धन तिम्लाइ दिने साथ दिन्छु भनेकै हो
अहिले बुझें, हासो खुशी पैसाले नै छ'र्दो रै'छ
उदयजी तपाईका गज़लका शेरहरु चोटिला छन ।
ReplyDeleteधन्यबाद @sushil adhikari .. जी @कृष्णपक्ष जी यहाँहरुको अमुल्य प्रतिक्रियाको लागि !!!:)
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼