मेचीकाली हाँसिरहे कति राम्रो हुन्थ्यो
कुबिचार नासिरहे कति राम्रो हुन्थ्यो
आफन्त मै फाटो आयो हुँदै गए टाढा
मायाप्रिती गाँसिरहे कति राम्रो हुन्थ्यो
मान्छे ले नै मान्छे टेके छैन दया धर्म
मन्मा माया टाँसिरहे कति राम्रो हुन्थ्यो!!
सन्त्रास नै छ सबैतिर बस्ती खाली भो
गाउँमा नै चासिरहे कति राम्रो हुन्थ्यो!
मेचीकाली हाँसिरहे कति राम्रो हुन्थ्यो
कुबिचार नासिरहे कति राम्रो हुन्थ्यो !!!
..................................................................................................... ...............................................
3 Comments
मान्छे ले नै मान्छे टेके छैन दया धर्म
ReplyDeleteमन्मा माया टाँसिरहे कति राम्रो हुन्थ्यो!
:|
good!!!
गज़ल राम्रो लाग्यो मुस्कान जी, पहिलो पटक पढ्दैछु शायद तपाईलाई । ब्लग पनि खुब आकर्षक लाग्यो ।
ReplyDeleteधन्यबाद @राकेस जी @कृष्णपक्ष जी यहाँहरुको अमुल्य प्रतिक्रियाको लागि !!!कृष्णपक्ष जी, मलाई हजुरको लेखहरु असाधै मन पर्छ ♥♥♥ म हजुरको ब्लगको नियमित पाठक हुँ !
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼