मेचीकाली हाँसिरहे कति राम्रो हुन्थ्यो
कुबिचार नासिरहे कति राम्रो हुन्थ्यो

आफन्त मै फाटो आयो हुँदै गए टाढा
मायाप्रिती गाँसिरहे कति राम्रो हुन्थ्यो

मान्छे ले नै मान्छे टेके छैन दया धर्म
मन्मा माया टाँसिरहे कति राम्रो हुन्थ्यो!!

सन्त्रास नै छ सबैतिर बस्ती खाली भो 
गाउँमा नै चासिरहे कति राम्रो हुन्थ्यो!

मेचीकाली हाँसिरहे कति राम्रो हुन्थ्यो
कुबिचार नासिरहे कति राम्रो हुन्थ्यो !!!
..................................................................................................... ...............................................