आक्रान्त भएर मेघ झै गज्रन्छ
भयानक काला ब्वाँसाहरु
न त परिवर्तन
न त सुख चयन
केबल टुक्रन्छ फुटछ
अनी भताभुङ्ग हुन्छ
सम्पूर्ण मानसपटमा नमिठो धक्का दिदै
फेरी बर्षन्छ झर्छ ति निमुखा गरीब जनतामा बज्रन्छ
धेरै सत्ता परिवर्तन पच्यात पनि
मिठो सपना प्युदै लर्कन्छ ताँतीहरु
देशको कटु यथार्थलाई पहिचान गर्दै
त्यही प्रतिकुल सन्त्रास भित्र
खोजी रहेछु म शान्ती
समानान्तर रेखाको एउटै खोजिमा
माछापुच्छ्रे हिमालको तस्बिर खिच्ने
ति फेवा ताल
अनी
संसारकै उच्च नेपालीको शिर सगरमाथा
अनी धेरै धेरै सम्पदाको
पहिचानको लागि
अजम्य साहस बोकी
अस्थित्य को खोजी मा...
कलियुगको भयानक यमराज बनेर
अझै आफ्नो लुटको राज्य जोगाउन
गरी अनेकौ बहाना आफुलाई चोखाउन
यस्तै यस्तै ब्यक्ती को सर्बनासको निम्ती
खोजी रहेछु म सच्चा गोर्खाली !!!!!
...............................................................................
2 Comments
निकै लामो समय पश्चात म तपाइको डिजिटल घरमा छिर्न पुगे है ! तर मेरो कम्प्युटर मा लोड हुन् चाही निक्कै समय लाग्यो है !
ReplyDeleteत्यसमा चाही तपाइले विचार पुर्याउनु पर्यो है !......
यो देशमा सच्चा गोर्खाली सायदै दुर्लभ भै सके जी !
@Bed Nath Pulami (Yumesh)Thank you ! :)
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼