Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

गजल

धेरै बनियो पर्देशमा, अर्काको गुलामी  र  दास
फर्कौ आफ्नै मातूभुमी लिदै नयाँ उमंग र आस

सुन फल्ने भुमी छाडि पैसाको बुट्यान खोज्नाले,
कैयौ को जीवन अंग भंग भयो,  कति बने लास

रोयो हिमाल पहाड नि, सम्झी कर्मठ युवालाई
जिर्ण बन्यो उर्बर भुमी युवाको नभै देशमा बास

कति गर्नु पैंठेजोरी धारिला तिनै मेशिन सँग
बरु जोतौं गैरी खेत खाँदै ठिडो गुन्द्रुकको गाँस।।

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement