गल्ति मेरा भका भए अब तिम्ले भुल्नपर्छ
हसिलो तिम्रो ओठ खोलि फूल झै फुल्नपर्छ
रिस राग कति गर्छौ आफै जली जान्छौ हेर
हाम्रो चोखो माया, हर मौसम मा घुल्नपर्छ
कस्को पो हुदैन र गल्तिहरु यहाँ मान्छेमा
हृदय मा के छ कुन्नी?सबै कुरा खुल्नपर्छ
खोज्छु तिम्लाई हर निमेष मेरै समिपमा
मेरा चित्र अबदेखी त्यो नयनमा डुल्नपर्छ
गल्ति मेरा भका भए अब तिम्ले भुल्नपर्छ
हसिलो तिम्रो ओठ खोलि फूल झै फुल्नपर्छ
2 Comments
रिस राग कति गर्छौ आफै जली जान्छौ हेर
ReplyDeleteहाम्रो चोखो माया, हर मौसम मा घुल्नपर्छ
सुन्दर लाग्यो उदय जी गजल !!!
8-}
@himal
ReplyDeleteधन्यबाद हिमाल जी र सम्पुर्ण मित्रहरु लाई धन्यबाद जस्ले लाइक मा क्लिक गर्नु भयो !!!
۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼