आस्था को मेरो घर ढल्छु भन्छ
तिम्रा ति तस्विरहरु जल्छु भन्छ
मेरै नाम लिदै मन्दिर धाउँदा
तिम्रा पयर अन्तै छल्छु भन्छ
मेरो माया बिर्षने चाल पो हो की
सङ्खालु बन्दै मुटु गल्छु भन्छ
बेजोड मन्का आगो बलिराख्दा
हावा नि संग संगै चल्छु भन्छ
नढाँटि साचैं माया गर्छौ भने
हृदयको नयाँ दिप बल्छु भन्छ
.................................................
1 Comments
राम्रो गजल ।राम्रो गजल ।
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼