आज मैले यहाँ हामिलाई उपयोगी हुने केही उपयोगी वेबसाटहरु को बारेमा लेख्दै छु। बिशेष गरी ब्लगर मित्रहरुको लागि यहाँका लिन्कहरु उपयोगी हुन सक्छन्। तर पनि मैले सबैलाई उपयोगी होस् भनेर २-३ बिषय सम्बन्धी सामग्री लाइ समेटने प्रयास गरेको छु। यदि हजुरहरु लाई पनि कामलाग्ने वेबसाइट को अड्ड्रेस थाहा छ भने कमेन्ट बक्स मा बाड्न नभुल्नु होला।
****
⊗ तपाईंको ब्लग/वेबसाइट सुरछित छ की छैन अनलाइन बाट जाँचनुस् :-
⇒ यो एउटा यस्तो वेबसाइट हो जसले तपाईंको ब्लग/वेबसाइट वायरस र मालवेयर बाट सुरछित छ की छैन् भनेर जानकारी दिन्छ। तपाईंले यहाँ जुनसुकै ब्लग/वेबसाइट को URL टाइप गरेर यसको जानकारी लिन सक्नुहुन्छ। यसको लागि तल क्लिक गरेर यो साइटमा गएर एकपल्ट ट्राइ गर्नुहोला:-
⊗ २ ओटा ब्लग/वेबसाइटको तुलना गर्नुस् कुन चाही छिटो चल्छ:-
⇒ तपाईंले यहाँ यो वेबसाइट बाट तपाईंको ब्लग/वेबसाइट अरु को भन्दा छिटो छ की छैन् भनेर जानकारी लिनको लागि सहज हुन्छ। र यदि साह्रै ढिलो तपाईंको ब्लग छ भने सुधार गर्न पनि यसले जानकारी दिएर सहयोग गर्ने भएको कारणले यस बाट हामिले फाइदा लिन सक्छौ /अथवा सुधार गर्न सक्छौ। यसको लागि तल क्लिक गरेर यो साइटमा गएर एकपल्ट ट्राइ गर्नुहोला..तपाईंको ब्लग/साइट कतिको छिटो छ भनेर:-
⊗ तपाईंको ब्लग अथवा कुनै पेज लाई जाँचनुस् :-
⇒ अब तपाईंले आफ्नो ब्लगलाई अथवा पेजलाई हेरेर तपाईंको ब्लगको सुधार सहजै गर्न सक्नु हुनेछ। यो एउटा यस्तो वेबसाइट हो जस्को माध्यम बाट तपाईंको ब्लग/वेबसाइट जाँचनु को साथै पेज लोड हुने समय,पेज को आकार,पिक्चर लगायत सम्पुर्ण घटक हरुको जानकारी सहजै प्रदान गर्दछ। तपाईंले आफ्नो ब्लग/साइटको के कारणले गर्दा ढिलो लोड भएको छ जस्को कारणले तपाईंको पाठको समय नष्ट भै रहेको छ भन्ने समस्याको समाधान अब तपाईंले सहजै गर्न सक्नु हुनेछ। यसको लागि तल क्लिक गरेर यो साइटमा गएर एकपल्ट ट्राइ गर्नुहोला:-
⊗अनलाइन बाट mp3 फाइलको आवाज बढाउने तरिका :-
⇒यो वेबसाइट बाट तपाईंले आफ्नो फाइलको सानो गाडिएको आवाजलाइ ठुलो आवाजमा सहजै बदल्न सक्नुहुनेछ। । त्यसमा पनि यो सुबिधा सित्तैमा !!! यसमा तपाईंको mp3 फाइलको सानो गाडिएको आवाजलाई ठुलो बनाउने चारवटा बिकल्प दिएको हुन्छ,( light, loud, louder, loudest ) जस मध्य हामिले एउटा बिकल्प चुन्न पर्ने हुन्छ आफ्नो चाहना अनुसार। तपाईंले यसमा browse लेखिएको ठाउँमा क्लिक गरेर mp3 फाइल चुनेर चार मध्य एक बिकल्प चुनेर mp3 फाइल लाइ तपाईंले चाहेको आवाजमा लिन सक्नु हुनेछ। यसको लागि तल क्लिक गरेर यो साइटमा गएर एकपल्ट ट्राइ गर्नुहोला:-
र अन्त्यमा यहाँहरु सँग पनि कुनै उपयोगी वेबसाइटको ठेगाना छ भने Share गर्न नभुल्नु होला।
1 Comments
kaama laagne kuraa rai chha ..
ReplyDelete۞ आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु तलको बक्स मा लेख्नुहोला धन्यबाद .....>>>▼